नियम ६
निवेदनमा खुलाउनु पर्ने कुराहरु
(१) न्यायाधिकरणमा दिइने निवेदनपत्र अनुसूची–१ बमोजिमको ढाँचामा निम्न लेखिएको कुरा खुलाइएको हुनुपर्छः–
(क) निवेदक र विपक्षी प्रत्येकको पूरा नाम, थर, वतन,
(ख) कुनै मुद्दाको विषयमा दिईएको भए त्यसको साल, नम्बर, नाउँ, पक्ष, विपक्ष र कुनै अड्डा वा कार्यालयको दायरी वा छिनुवा हो त्यसको विवरण,
(ग) ऐनको म्यादभित्र दायर गरे नगरेको र चाहिने दस्तुर साथ राखे नराखेको खुलाई लेख्ने,
(घ) आधार र कानून समेत खुलाई उजुरीको विषय र निवेदकको माग,
(ङ) पहिले सोही विषयमा निवेदन दिएको भए त्यसको नतिजा,
(च) माग गरिएको कुरामा आवश्यक कारबाई हुनाको निमित्त अरु आवश्यक विवरणहरु,
(छ) प्रत्येक बुँदा वा विषयको वर्णनलाई प्रकरण छुट्याइ लेख्ने ।
(२) प्रत्येक निवेदनपत्रमा एउटै विषयको कुरा मात्र लेखिएको हुनुपर्छ ।